Pageviews
Friday, July 8, 2011
सपना-३
निदाउनु खतरा छ मलाई
कि सपनामा सेक्सटोय जत्रो रोबोट आउँछ
त्यो एकाएक विशाल गिद्ध बन्छ निगुरादेन याक्पेको
उठाएर लैजान्छ अक्करको टुप्पामा कावा खाइरहेको
टुनीको रुखको सयौँ तलामा......
झिक्रा झिक्रीले कुँदेको गुँडमा लुच्छ मेरो अस्मिता
मेरो मुटुमा बेस्मारी ठुँग्छ ठुँग्छ र
उसको चुच्चोबाट झर्छ रगत तपतपी तमोर नदीमा…।
रोबोट यसरी सपनामा लाप्पा खेल्छ मसँग
मलाई मार्न/मलाई नामेट पार्न
जब म पराजित भएर मर्न आँटेको हुन्छु
तब सम्झिन्छु
विपनामा येबाले
मेरो माङ्गेनामा शीरमाथि छर्किएको पानी…
त्यही पानीले बौरिन्छु, मृत्युबाट घुर्ता हुन्छु
…ब्यूँझन्छु !
निदाउनु खतरा छ मलाई
क्षणभङ्गुर आँखा के चिम्लिएको हुन्छु मृतकले झैँ
सियोको टुप्पोजत्रो भाइरस पस्छ मेरो मस्तिष्कमा
त्यो एकाएक भैँसीजत्रो भइदिन्छ भ्वाँभ्वाँ कराउन थाल्छ
मेरो देशको निशाना छापजस्तो लामा लामा सिङले
हान्छ, हान्छ र गिदी नै छ्यालब्याल पारिदिन्छ मेरो
त्यही गिदीबाट कुम्भमेला उठ्छ लाख भैँसीको…
भाइरस यसरी आउँछ मलाई केहीछिनलाई भैँसी बनाउँछ
तब सम्झन्छु
विपनाका कुरा
ज्वरो आउँदा अक्षता च्यापेर फेदाङ्बाले औँला
मेरो टाउको वरिपरि घुमाएर फुः फुः चार पटक फुकिपठाएको…
त्यही अक्षताले मान्छे हुन्छु …ब्यूँझन्छु
निदाउनु खतरा छ मलाई
तै निदाउनु छ ल्यापटप शिरानी हालेर
तै निदाउनु छ मोबाइल खेलाउँदा खेलाउँदै
तै निदाउनु छ कानमा आइपोड घुसारेर…
Wednesday, July 6, 2011
जिन्दगी माइला
जिन्दगीमा…
जिन्दगी माइला गफ दिन्छौ
-तरुनीको
-देश/परदेशको
तीनतले कान्छी…कारबारी माइली…याङ्सिङबुङ ठूली…
राम्री राम्री…जिउडालका त
तिम्रै मात्र तरुनी…
आसाम, बर्मा, मेघालय, नागाल्याण्डमा त झन्
के भन्नु र…
तिमी तरुनीहरुको राजा हई !
पत्याउँ/नपत्याउँ ?
चौधसाल खाँदै गाउँबाट हराएको
कोइलाखातमा कोइला खन्दा-खन्दा
चौधसाल पछि कोइलाभन्दा कालो…
बूढो भएर फर्क्या छौ-
हाट टेक्नेवित्तिकै तन्नेरी पुगिहाल्छौ
छायाँ जस्तै तरुनीको पछि पछि
इण्डियन टेप घन्काएर हाटको शिरपुछार कुदिबस्छौ…
'जप्फु' पहाडको ठण्डीले सेक्पा सुकाएको तिमीलाई
सोल्टिने ठूलीले छानेको पैकारी जाँड चिसो हुन्छ
डोयाङ नदीको तिरमा आरा काट्दा काट्दा
आराधरानजस्तै हुइपा भएको तिमी
विहेभोजमा तरुनीअघिल्तिर 'रिकुटे' हुँ भन्छौ
उता तरुनीहरुको आँखा बोल्छ-
छट्टु पो हो कि जिन्दगी माइला…
गाउँमा दुःख छ नि त…
कुम्लोमा बोकेर अस्पताल लगेको विरामी
कुम्लोमै स्वर्गारोहण हुन्छ
तिमीचाहिँ गफ दिन्छौ
हप्तादिन रेलमा कुदेको/रेलभित्रै सिनेमा हेरेको…
बर्माको सिमानासम्म तानिएको
तिम्रै इँजारको कथा कहालीलाग्दो छ
च्याब्रुङ उल्टो भिरेर
राखी सावन्तको आइटम डान्स देखाउँछौ
पत्याउनु कहाँ तरुनीले…
ठुटे अङ्ग्रेजी मिसाएर चिठी पठाउँछौ…
फोटो पठाउँछौ
जम्मा दश भा.रु. धानेको पर्स पल्टाएर
यी मेरी फल्ना तरुनी मन पर्यो ? चाहिँ नभन ल !
तरुनीहरु कम चम्बु हुन्छन्
करिश्मा मानन्धरको पोस्टकार्ड पठाएर
काठमाडौ खिचेको मेरो फोटो है लेखिपठाउँछन् ।
गाउँ पछि पर्यो भन्छौ
मानिस काम नलाग्ने भन्छौ
ल यो त ठीक छ
तर भोजको लागि दाउरा चिर्नु जाऊँ भन्दा
अझै पाहुना पल्टिन्छौ
स्कुलको लागि सिमेन्टी बोक्न गुहार्दा
तुरुन्तै पखाला चलाउँछौ
ब्रम्हपुत्रको किनारमा गोठाला गर्दागर्दा
झन्नै गोपालवंशी नभएको तिमी
उल्टै नराम्री तरुनीहरुलाई कुराले हान्छौ…
माइलौ !
यसरी त कुन दिन उनीहरुको माइतीले खुकुरीले हान्छ हौ ।
'जिन्दगीमा…'
'जिन्दगीमा…'
'जिन्दगी'को उच्चारण जिन्दगीमा तिमीले जति कसले गरेको छ र !
जिन्दगीमा यही त एउटा राम्रो गरेको छौ
हजार बाटो बिराएर िन
आफ्नो गाउँ फर्केको छौ
जिन्दगी माइला !
यो मानेमा
तिमीलाई सलोट छ !
यहाँको पानीको…माटोको…हावाको…
च्यातेर साहुको छिप्पट तमसुक
उकासेको छौ बाजेबराजुको बेँशी खेत
यो ठीक गरेका छौ ।
जिन्दगी माइला गफ दिन्छौ
-तरुनीको
-देश/परदेशको
तीनतले कान्छी…कारबारी माइली…याङ्सिङबुङ ठूली…
राम्री राम्री…जिउडालका त
तिम्रै मात्र तरुनी…
आसाम, बर्मा, मेघालय, नागाल्याण्डमा त झन्
के भन्नु र…
तिमी तरुनीहरुको राजा हई !
पत्याउँ/नपत्याउँ ?
चौधसाल खाँदै गाउँबाट हराएको
कोइलाखातमा कोइला खन्दा-खन्दा
चौधसाल पछि कोइलाभन्दा कालो…
बूढो भएर फर्क्या छौ-
हाट टेक्नेवित्तिकै तन्नेरी पुगिहाल्छौ
छायाँ जस्तै तरुनीको पछि पछि
इण्डियन टेप घन्काएर हाटको शिरपुछार कुदिबस्छौ…
'जप्फु' पहाडको ठण्डीले सेक्पा सुकाएको तिमीलाई
सोल्टिने ठूलीले छानेको पैकारी जाँड चिसो हुन्छ
डोयाङ नदीको तिरमा आरा काट्दा काट्दा
आराधरानजस्तै हुइपा भएको तिमी
विहेभोजमा तरुनीअघिल्तिर 'रिकुटे' हुँ भन्छौ
उता तरुनीहरुको आँखा बोल्छ-
छट्टु पो हो कि जिन्दगी माइला…
गाउँमा दुःख छ नि त…
कुम्लोमा बोकेर अस्पताल लगेको विरामी
कुम्लोमै स्वर्गारोहण हुन्छ
तिमीचाहिँ गफ दिन्छौ
हप्तादिन रेलमा कुदेको/रेलभित्रै सिनेमा हेरेको…
बर्माको सिमानासम्म तानिएको
तिम्रै इँजारको कथा कहालीलाग्दो छ
च्याब्रुङ उल्टो भिरेर
राखी सावन्तको आइटम डान्स देखाउँछौ
पत्याउनु कहाँ तरुनीले…
ठुटे अङ्ग्रेजी मिसाएर चिठी पठाउँछौ…
फोटो पठाउँछौ
जम्मा दश भा.रु. धानेको पर्स पल्टाएर
यी मेरी फल्ना तरुनी मन पर्यो ? चाहिँ नभन ल !
तरुनीहरु कम चम्बु हुन्छन्
करिश्मा मानन्धरको पोस्टकार्ड पठाएर
काठमाडौ खिचेको मेरो फोटो है लेखिपठाउँछन् ।
गाउँ पछि पर्यो भन्छौ
मानिस काम नलाग्ने भन्छौ
ल यो त ठीक छ
तर भोजको लागि दाउरा चिर्नु जाऊँ भन्दा
अझै पाहुना पल्टिन्छौ
स्कुलको लागि सिमेन्टी बोक्न गुहार्दा
तुरुन्तै पखाला चलाउँछौ
ब्रम्हपुत्रको किनारमा गोठाला गर्दागर्दा
झन्नै गोपालवंशी नभएको तिमी
उल्टै नराम्री तरुनीहरुलाई कुराले हान्छौ…
माइलौ !
यसरी त कुन दिन उनीहरुको माइतीले खुकुरीले हान्छ हौ ।
'जिन्दगीमा…'
'जिन्दगीमा…'
'जिन्दगी'को उच्चारण जिन्दगीमा तिमीले जति कसले गरेको छ र !
जिन्दगीमा यही त एउटा राम्रो गरेको छौ
हजार बाटो बिराएर िन
आफ्नो गाउँ फर्केको छौ
जिन्दगी माइला !
यो मानेमा
तिमीलाई सलोट छ !
यहाँको पानीको…माटोको…हावाको…
च्यातेर साहुको छिप्पट तमसुक
उकासेको छौ बाजेबराजुको बेँशी खेत
यो ठीक गरेका छौ ।
Tuesday, June 28, 2011
बुबा
भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको……
हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे !
आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला
ओहोहो…! त्यो माइली औँला !
बेला बेला उठ्थ्यो तिम्रो नाकअघिल्तिर सिधा
र हेथ्र्यौ मलाई टेढो टेढो आँखा …
मेरो साथी !
दस वर्षको हुँदा हो
'फिक्चुके ! फिक्चुके !' भनेर तिम्रो नाम काढेको
जतिखेर उठ्यो तिम्रो दाहिने हात र बजि्रयो मेरो देब्रे गालामा
त्यतिखेर हुँ 'आमा' भनेर रोए पनि
बुबा भनी अलिअलि चिनेको …
सुँगुरको पाठा बोकेर पेरुङ्गोमा
फिक्चुकेकॊ पछिपछि धुर्विसे पन्चमी जाँदा
थाहा पाएको हुँ बजार भाऊ मान्छेको
फिक्चुकेले सुँगुरको जगर तोला-तोला बटुलेर झोलामा
डुल्दा तमोर खोला मेवा खोला…
लाग्थ्यो-
मेरो साथी बादल धुम्मिएको
सेतो सेतो वर्षात् झुण्डिएको
खोलाको माथि…माथि…शीरतिर होला
फिक्चुके खरितेले गाईगोरुको लस्करसँगै काट्दाखेरि देउराली
विदेश भन्ने पहिलोचोटी जानेको हुँ 'सिलिगुढी, जय बङ्ला!'
फिक्चुके ! तिम्रो ढाडजस्तो सडक टेकेर
म आज खै कुन्नी कुन देश आइपुगेँ !
तिम्रै मुखबाट पहिलोचोटी सुनेको हो 'नेपाल नेपाल'
तिमी आइ नपुगेको 'नेपाल'पो आइपुगेँ िक
उता फुल्न थालिसक्यो होला
हिँड्ने बेला मैले रोपेको बारीको डिलको नास्पाती
तर चिन्नै गार्हो अझै मलाई
म कहाँ छु ?
यो कुन देश कुन दिशापत्ता हो ...
यता म ढुङ्गा हान्दै छु
उता ढुङ्गा ढोग्दै हौला तिमी देउरालीमा
उता राँको फालेर खेद्दै हौला अनिकाल साउने सक्रातीमा
यता म राँकेजुलुस बालेर बोलाउँदै छु उज्यालो
जब मस्तिष्कमा खुट्टा पलायो र ताकेँ अर्कै ध्रुव
उता एक्लो रुख भयौ तिमी हाँगा उछिट्टिएको एक्लो रुख
यता ममा पलायो एउटा नौतुन हाँगा
बडो स्वप्नील हाँगा !
जसको लागि मेरो काँध भएको छ चोमोलुङ्मा, चढ्छ र,
क्षितिजको अन्तिम फेरको तारालाई छुन्छु भन्छ
जसको लागि मेरो काख स्वप्नभूमि भएको छ र ब्यूँझिँदा
पूर्वी आकाशतिर उदाइरहेको निक्खुर जूनमा पुग्छु भन्छ
बुबा !
आज म बुबा हँदा पो
तिमीलाई बल्लबल्ल चिनेँ हौ ।
Thursday, June 16, 2011
पूर्व छापामार
१६ वर्र्षको हुँदा
पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम
र थर्र्थरी काँप्दै लियो नागरिकता
२० वर्षको उमेरमा
आफूलाई अनागरिक घोषणा गर्यो
र युद्धमा आफूलाई होमिदियो
युद्धमा कब्जा हुँदा सदरमुकाम
उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो
सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने बेला
घाइते भएपछि
सहयोद्धाहरुले उसलाई उडाएका थिए डोकोको जहाजमा
हेडक्वाटरले उक्त युद्धलाई यसरी संश्लेषण गरेको थियो-
'हारे-हारेजस्तो जीत
जिते-जितेजस्तो हार
कामरेडहरु ! समग्रमा जीत नै हो .'
आज ३० वर्षको उमेरमा
फेरि ऊ आइपुगेको छ सदरमुकाम
युद्धमा जलेको नागरिकता बनाउन
अयोग्य भनेर शिबिरबाट निकालिएको योग्यताले
नभरिने भएपछि पेट
अब राहदानी बनाएर जानु छ अरबतिर उँट चराउन
पल्टेको छ ऊ सदरमुकामको सस्तो गेस्ट हाउसमा
लगातार बम विस्फोट भइरहेछ उसको निशस्त्र छापामार मस्तिष्कमा
कि कमाण्डरले युद्ध रोकिएपछि खोलेको 'मेनपावर'मा
तुरुन्तै राहदानी बुझाउनु
उस्को तत्कालीन कार्यनीति छ
गाउँकै धूले स्कुलमा भएिन छोराछोरी पढाउने
उस्को दीर्घकालीन योजना छ
यसरी उ आफूउपर पहिलोखेप सोच्न थालेको छ
सिडिओ सरुवाबढुवाको लागि
राजधानी गएको छ
एक हप्ता भइसक्यो आगोले अवरुद्ध छ राजमार्र्ग
गोली विझेको लडाकू झै दायाँ पल्टिन्छ बायाँ पल्टिन्छ
दायाँ बायाँ उसको निधारमा
फेरि दुःखले ल्याप्चे लगाएको छ
स्वप्नको बारुदले पोलिरहेछ भर्याक भर्याक रातभर
भोकाहरुले फेला पारेर हारालुछ चोक्टा चोक्टा चुँडिखाएको
अन्जान रोटीजस्तो
पश्चिम आकाशमा एकचोक्टा जून खिस्सखिस्स मुस्कुराईरहेछ .
उसको दिमागमा जो छिरेको थियो विचारको लार्भा
त्यो आज झुसिल्किरा भएको छ
उड्दापक्षी खैनीले एकदम विझाइरहेछ उसको गिजा
जुरुक्क उठेर झ्याल बाहिर थुक्दछ -थुक्क !
Wednesday, April 20, 2011
शङ्खेकिरा
म हुँ शङ्खेकिरा…
ढि…लो गरी चिप्लिरहेको…
मेरुदण्डमा भारी जिन्दगी बोकेको छु…
आम्मममम…… कति भारी !
पेदु पेदु भएर…
थिचिएर…िसंगो "युनिभस्र'ले पृथ्वी माथिको अचानोमा
हिँडिरहे छु
तर युनिभस्र त होइन मैले ढाँटेको हो
दुःखको कुम्लो पो हो त्यो मेरो मेरुदण्डमा अडिएको……
सयमुन्द्री छिनाउन माइत गइरहेकी
बूढी लिम्बुनी चेलीको थुन्चे पो हो …
गोलीगठ्ठा भरिएको 'कम्ब्याट ब्याग' हो
युद्धमोर्चामा हाजिर हुन गइरहेको सिपाहीको…
त्यस्तै के के के के हो…
म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
मेरा दमाली फट्येङ्ग्राहरु
जीवनको एथ्लेक्टिक्स उर्फिएर कहाँकहाँ पुगिसके
मेरा दमाली छेपाराहरु
जीवनको राजनीतिमा कति रङ फेरिसके
मेरा दमाली छुचुन्द्राहरु
यही नर्कटघारीमा हुर्किएर के-के भइसके
आफू त सँधै भारीवाल
नर्कटको पातको लम्बाइ ढिलो-ढिलो…
अड्कली-अड्कली नापिरहेछु…
म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
जहाँ जहाँ चिप्लिएको छु
त्यहाँ त्यहाँ छोडेको छु आदिम चिप्लो
त्यही चिप्लोमा चिप्लिएर मभन्दा छिटो भएको हो समय !
Tuesday, April 12, 2011
नयाँ वर्ष
Tuesday, April 5, 2011
शब्द शब्द

आकासगङ्गामा कति होलान्
झल्मलझल्मल ताराहरु ...
शब्दकोषमा
धेरै धेरै शब्दहरु चम्किरहेछन्
जस्तो कि-
स्वतन्त्रता
जो उन्मुक्त चराहरुको पखेटामा
कुँदिएको छ-अक्षरशः ।
जङ्गलमा कति होलान् फन्फनी माकुरे जालहरु
जालहरुमा कति होलान्
माऊ-माकुराका लासहरु
शब्दकोषका पन्नाहरुमा
धेरैधेरै शब्दहरु जेलिएका छन्
एउटा उदाहरण- षडयन्त्र
जो शकुनीको हस्तरेखामा पढ्न सकिन्छ
र महाभारत युद्धको परिणाम
पूर्व अन्दाज गर्न सकिन्छ ।
जङ्गबहादुरले कति फटायो होला
जोर लत्ता-कपडा जीन्दगीमा
शब्दकोषमा
धेरैधेरै पत्ताहरु च्यातिसकेका छन्
जस्तो कि उप्किसकेको छ-
कथित एकीकरणको बाक्लो आवरण
कि अब जरुरी छ संरचनामा पुनर्रचना
-औधी शब्दहरुको अर्थमा परिवर्तन
-उपल्ला शब्दहरुको मूल्यमा विघटन
कहिलेसम्म काँचो खुन पिउला
घट्घट् घट्घट् कालभैरवले
शब्दकोषमा
धेरैधेरै शब्दहरुले माग्दछन् 'इरेजर बलिदान'
जस्तो कि-
लेख्नै मिल्दैन तबसम्म
जबसम्म सम्मानित हुन्छ
-मृत इतिहासको किच्कन्या खेलाउनेहरुको चरित्र
-मृत शब्दहरुको िसंहासन िसंगार्नेहरुको नियत
देश माने बधशाला
जनता माने राष्ट्रिय गधा
यसरी शब्द अर्थ घोकाइरहेछ जो
जबसम्म अमर रहन्छ
शब्दकोषमा उसको मात्र नाम ।
समुद्रमा कति उठ्लान्
झुर्ढुङ झुर्ढुङ झडङडङ झ्वाम् झ्वाम् ज्वारभाटाहरु
शब्दकोषमा
धेरैधेरै शब्दहरु छछल्किरहेछन्
जस्तो कि-
विद्रोह
यहीँ शब्द हो-प्रत्येक भूइँचालोहरुको केन्द्र
कि केही रेक्टर स्केलको सौजन्यमा
शुरु हुन्छ विनिर्माणको महाउत्सव ।
2062/2063
Subscribe to:
Posts (Atom)





