Pageviews

Friday, June 27, 2014

गीत

स्वप्निल स्मृति

आफ्नै विश्वासले ऐठन पार्छ साथी ऐठन पार्छ !
आफ्नै सपनाले आफ्नै आँखामा पासो हाल्छ
के के हुन्छ के के हुन्छ जिन्दगीमा
तै पनि जिन्दगीकै माया लाग्छ

जीवन भन्नु दुनियाले भोगिसकेको
संसार भन्नु दुनियाले देखिसकेको
तै पनि जिन्दगीकै तिर्खा लाग्छ साथी तिर्खा लाग्छ
जति लड्यो उति उठी हिँड्न मन लाग्छ
के के हुन्छ के के हुन्छ जिन्दगीमा
तै पनि जिन्दगीकै माया लाग्छ

आकाश भन्नु विशाल छ तर शून्य छ
शून्य भन्नु सृष्टि हो र त जीवन छ 
शून्य महान् अस्तित्व हो साथी सारा संसार अटाउँछ
जीवन-शून्य सङ्घर्ष छ र त जीवन छ
जे जे हुन्छ हुँदै गरोस् जिन्दगीमा
जिन्दगीलाई छड्के सलाम छ