Pageviews

Monday, September 22, 2014

तर, म बोल्न सक्छु

स्वप्निल स्मृति


हो, म बोल्न सक्दिन !

मेरो कानले अहिलेसम्म कुनै विष्फोट सुनेको छैन
लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति
यी शब्दको अर्थ मलाई विल्कुल थाहा छैन ।

म हुँ जङ्गलवासी
जङ्गलमा छु
सहर/सरकार/राज्यभन्दा धेरै टाढा
जङ्गलमा छु मेरै सभ्यताको भ्याकुर खोस्रिरहेछु ।

पुर्खालाई चढाउन फूल चुँडिरहँदा होस्
या आठ तले सिमलको रुखमाथि
धनुको ताँदोमा अन्तिम काँड तन्काइरहँदा
चुपचाप हुन्छु म
खोलामा माछा मार्न दुवाली थापिरहँदा या
बूढीबोजूको आत्मा पुज्न पाहालाई ढुकिरहँदा ।

म त जङ्गली मान्छे
मसँग सभ्य भाषा छैन
जङ्गलमा खासै बोलिरहनु पनि पर्दैन
नाचे मात्र पनि हुन्छ, नाचिदिन्छु खोलाका लहरसँग
गाए मात्र पनि हुन्छ, गाइदिन्छु बयेली बताससँग
दौडिनु पर्छ नै, दौडिबस्छु चितुवाका बच्चाहरुसँग 
जङ्गलमा त पात मात्र खस्यो भने पनि हल्ला हुन्छ !
जङ्गलको भाषा कि चुपचाप हुन्छ
कि आँधी हुन्छ ।

म जङ्गलवासी
सरकार मलाई जङ्गलबाट थुतेर 
सय तले ‘सिभिल होम्स्’मा राख्न चाहन्छ
जङ्गल मेरो ईश्वर हो
सरकार जङ्गलमुनिको निलो पत्थर उत्खनन् गर्न चाहन्छ
जब कि मेरो पुर्खाहरु छन् त्यहाँ त !

सरकार मलाई लिन पटक–पटक हेलिकप्टर लिएर आउँछ
बोल भन्छ/फकाउँछ/झक्झक्याउँछ
सरकार पनि त जङ्गलकै सन्तान हो
लखेट्यो कि जङ्गलतिरै भाग्छ !
तर, सरकार मलाई मात्र जङ्गली भन्छ
गाली गर्छ/बन्दुक हल्लाउँछ
बोल कि बोल भन्छ
कसरी बोल्ने हो ?
कि मेरो जिब्रोलाई सरकार शब्दको स्वाद थाहा छैन
जस्तो कि सरकारको जिब्रोलाई 
मेरो जङ्गलको टिमुरको स्वाद थाहा छ
मेरो खोलाको तितेमाछाको स्वाद थाहा छ
अहँ, म बोल्न सक्दिन !
कति ठूलो आवाजमा बोल्ने हो ?
जस्तो कि बाघको गर्जनमा या बिरालोको म्याउँमा
अहँ म बोल्न सक्दिन !

तर, म बोल्न सक्छु 
जब जङ्गलमा आगो लाउँछ सरकार
र सहरमा ढाड सेकाउँछ
जब सरकार तिर्खाउँछ र खोला सहरतिर फर्काउँछ
म बोल्छु/कराउँछु/गाली गर्छु/उफ्रिन्छु
सरकार सुने पनि नसुने झैं गर्छ
तेरो भाषा बुझ्दै बुझिन भन्छ
त म के गरुँ ?
शायद सरकार बन्दुकको भाषामात्र बुझ्छ
तब मैले पनि बन्दुकको भाषा सिक्नुपर्ने हुन्छ !

Friday, June 27, 2014

गीत

स्वप्निल स्मृति

आफ्नै विश्वासले ऐठन पार्छ साथी ऐठन पार्छ !
आफ्नै सपनाले आफ्नै आँखामा पासो हाल्छ
के के हुन्छ के के हुन्छ जिन्दगीमा
तै पनि जिन्दगीकै माया लाग्छ

जीवन भन्नु दुनियाले भोगिसकेको
संसार भन्नु दुनियाले देखिसकेको
तै पनि जिन्दगीकै तिर्खा लाग्छ साथी तिर्खा लाग्छ
जति लड्यो उति उठी हिँड्न मन लाग्छ
के के हुन्छ के के हुन्छ जिन्दगीमा
तै पनि जिन्दगीकै माया लाग्छ

आकाश भन्नु विशाल छ तर शून्य छ
शून्य भन्नु सृष्टि हो र त जीवन छ 
शून्य महान् अस्तित्व हो साथी सारा संसार अटाउँछ
जीवन-शून्य सङ्घर्ष छ र त जीवन छ
जे जे हुन्छ हुँदै गरोस् जिन्दगीमा
जिन्दगीलाई छड्के सलाम छ

Friday, May 23, 2014

The Story-telling Chautari Under the Kavra Tree

Swapnil Smriti


Grandson – A long time ago 
here was a giant Kabhra tree.

(After resting her load of taro leaves
Grandma started weaving the yarns of her tale)

Three long, long ropes couldn't encircle it's trunk
No mad raging storm could shake it
Neither could floods or landslides take it with them:
that giant, that Kabhra tree –
It was the mainam of the village life, they say
It was the murumsitlang of the power of the settlements

At its crown, like a bridge suspended between sky and ground
the moon would rise;
Under its shadows the farmhands measured the days
When it shed its leaves, it was Udhauli
When it grew new leaves, it was Ubhauli
They say – the ancient civilization of the locals
was all in the heart of that Kabhra tree!

Its branches spread in ten direction –
the biggest branch pointing to PhaktanglungHimal
the tangle of roots spread in seventeen directions
the thickest root turning towards Chotlung
Hand in hand, round and round, singing, Ha... Ha...
Matching step to lockstep, adorned in chyabrung,
– jumping, frolicking –
Greatest celebrations of love, under the Kabhra tree!
Grandson!
The tangle of that Kabhra's roots was fragrant with the scent of an ancient communism
And the tops of that Kabhra was the Shangri-La empire of singing cranes!

But, listen – Grandson!
In the BikramSambat year so and so – a long time ago –
And by a long time, I mean – a very, very long time ago –
Your grandfather's grandfather's grandfather saw in his dream
– Loom! Loom! Kadyāng! Kūdūngdūng... dūng... dūng... Haryākk!
A nightmare – a thunderbolt splitting the Kabhra tree!
But, when he awoke, he saw in a fork on the tree
the three-leaf sapling of a Pīpal, springing from wild-cat turd...

(The breeze blows through the chautari–siririririri... ririri... riri... ri,
We – grandmother and grandson – are lost in the world of tales
Have I – as I listened to a story about a Kavra tree – turned into one? 
What did happen thereafter, Grandma? Go on!)

Ask what all didn't happen!
The Pīpal bore its roots into the Kavra
And to the Kavra came a slow death 
The Pīpal grew bigger and bigger
Until one day –
theKavra became just a hollow heart and flaky bark  
Within it, the Pīpal stood with the uncontainable vitality of youth

But, even as the Pīpal trampled the Kavra under it and danced in the breeze
the progeny of the old Kavra mistook it for a new Kavra
Listen, now – Once the old Kavra fell, they say –
the heads of young men and women also fell
the children became lifeless, like well-stitched dolls
theMūndhūm dharma of the wise old fell –
The hearts fell and the country fell
Misery alone found birth in the village
Hunger and thirst alone found new incarnations
Once the Pīpal trampled the Kavra under it, they say –
they say that is when the culture of oppression and exploitation began
When the yellow leaves of the Pīpal spread wide
they say this round chautari was built under it
With a grand ritual-fire and human sacrifice
And with each morning, an offering of blood
That is when it all started – they say, Grandson –
the history of envy and grudge...
when in the Kavra tree started the history of the Pīpal
hatred was born in the people
rage was born
war was born
... ... ...
Grandson!

(After taking a deep breath
Grandma let her tale rest for a bit!)

The story is longer that the Tamor river
It is time to feed the hogs – let's go home!

(It was my turn to carry the load.
Before me, leaning on his cane, Grandma continued her story.)

Grandson! On that chautari
so many despots out for conquest
have stopped to rest
They tied their horses to Pīpal roots
and whistled their deathly calls...
... ... ...
Grandson! On that round chautari –
no matter how long we sit to rest
we remain just as tired! ...
... ... ...
Grandson! That is the very branch
from where your great-grandfather was hanged and lanced
That is the shiny rock where
– your  great-grandmother, then with child –
was picked and thrashed, picked and thrashed
until her belly tore open ...

Translation: PrawinAdhikari

Saturday, April 20, 2013

गीत

स्व.स्वप्निल स्मृति

देवतालाई नचल्ने फूल टिपेर शीरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ

फूल; जसको एकै थोपा अत्तरले सागर वीष हुने
देख्दामा त क्या राम्रो सबलाई आहारिस हुने !
छुन पनि नहुने फूल टिपेर शिरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ

फूल; हाँस्दा हिमाल ढल्ने रुँदा सृष्टि प्रलय हुने
मुस्कुरायो मात्र त सृष्टि सुन्दर हुने !
हाँस्न–रुन नहुने फूल टिपेर शीरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ



Sunday, March 31, 2013

वेलायक व्यक्ति

स्व.स्वप्निल स्मृति
हो । हो ।
होइन । होइन ।
होला ! होला !!
हो कि होइन । हो होला
होइन होला । होला !
हो–हल्लामा ?

बिगिरिएँ ।

बीच्चैमा विश्वविद्यालय छोडेँ
र, रक्सी खान थालेँ
छैन अब पत्रु ज्ञानका सुपरमार्केटका
गुणस्तरचिन्ह प्राप्त खोस्टा–पत्र
छैन अब
आफ्नै आधी उमेर झुण्डिमरेको सुर्केनी टाई पनि !
यति छैन छ र नै  हैशियत छैन
कर्ता              खुट्टा
(राज्य)ले            (राष्ट्र)मा
साधन                    मोजा
(नागरिक)            (नागरिक)
चलाउन                    गनाउन
 पाउँ                   पाउँ
दैन                             दैन

                               ले न दे न अ ब र हे न, ठे क् के दा र सँ ग छै न
                छै न सँ ग प नि अ ब के ही र हे न, छै न
पा उँ दै न ले प नि अ ब के ही पा उँ दै न।
    
परम्परा टोकेर गाईको ह्याकुलामा
प्र–छुत औँलाहरुले कोपरेँ कि गीता
त जातलाई जिन्दगी दिइनछु अनुदान
त धर्मलाई जिन्दगी चढाइन त बलि/दान
त राजनीतिलाई जिन्दगी खसाइनन नि ! मत–दान
त सन्तानलाई विमा गरिन है विर्य (दान)–
    म
बिगिरिएँ
लफुङ्गा भएँ

बीच्चैमा अड्डा जान छोडेँ
र रक्सी खान थालेँ
तानेर स्वाँट्ट दु–श्वास सिगरेटको
उफ् !
गरेँ कि प्रक्षेपण सिलिङमा जिन्दगी
पर्याय आर्यघाट एष्ट्रेमा झोसेर
पूरातन जीजीविषा/पूरा–तन ढर्रा/पूरा तन मान्यता
हो, आत्मसमर्पण गरिनछु समाजमा
च्व ! त्वम् शरणनम् गरिनछु व्यवस्थामा
‘म’
शासकी घुँडा मुन्तिर
भइनछु निहुरीमुण्टी
‘न’
आजन्म मृत्युदृण्ड मिल्दछ राज्यमा
झन्नैले आत्मध्वंश चाहिँ गरेछु ।

बीग्रिएँ–

बि ग्रि एँ, भाइहरु सिमेन्टले घर लिपिरहेछन्
                          बिगरिअ‍ेँ साथीहरु श्रीमतिसङ् बजार घुम्न गइरहेछन्
बीग्ग्रिएँ, ठिटाहरु कोणसभामा भाषण गरिरहेछन्
बिगिरिएँ बहिनीहरुले केटा छानी–छानी विहे गरेछन्
बिग्रियेँ, लब्राहरु कम्पुमा भर्ती भएछन्
 िब ग ी र ी ञे, ब् इ ग् र् इ ए न् ........र ...।.....।....(....)
     हइन हऊ !
मजस्ता
जस्तै : मान्छेहरु
कत्त्रा कत्त्रा मान्छे भएछन्
मान्छेका आँखामा नाथे मान्छेहरु
तेत्रा तेत्रा मान्छे भएछन् ?

ओइ !
म पात्रहरुको केही केही केही
केही पनि होइन

‘म’ मात्रै

बि ग् गिरी एँ ।

राम्रो          नराम्रो
सत्य              असत्य
कालो           उज्यालो
बिग्रिनु              सप्रिनु 
       के एस्तो विपरीतार्थकता ?
            के तेस्तो एकार्थकता ?
                      के कस्तो हानथाप ?
                                   के जस्तो तछाड मछाड ?
                                             के कस्तो द्वन्द्व÷प्रति द्वन्द्व ?
                                                मान्दिन, नमान्ने म को ?
                                                 के म प्रश्न मात्र हो ?

थुनेर पिंजडमा घोकाउनु गोपी कृष्ण कौ
भनाउनु, र त्यसरी भनाउनु, बाध्य गराउनु, जसरी पनि भनाउनु, थुन्नु भनाउनु, नभने पखेटा काट्नु, टाउको छिनाल्नु
मार्नु !

आफ्नै स्कुलको विद्यार्थी म
‘एडिक’ म आफ्नै विचारको             
आफ्नै सिद्धान्तको म ‘ट्यापे’                             
‘समलिङ्गी’ आफ्नै ध्रुवको                                              
आफ्नै लिङ्गको ‘हिजडा’                                                        
म स्व. रङ्गको ‘छेपारो’                                                                    
संरचनाहीन म अमिबा                                                                                      
मलाई सुगा हुनु छैन                                               
म  िब ग्र ी एँ.
{नोट : यो कविता २०६२ सालमा लेखिएको हो । जतिखेर म चरम निराशामा थिएँ । बालापनदेखि हुर्काउँदै, ऐना जतिकै जतन गर्दै ल्याएको मेरो प्रेम झ¥यामझुरुम फुटेको बेला थियो । म यति विक्षिप्त थिएँ कि सामाज, परिवार, राज्यजस्ता संस्थाले खडा गरेका बार बन्देज नाघेर सडकमा निस्किएको थिएँ । त्यही समयमा लेखिएको थियो यो कविता । पछि फेरि व्यक्तिगत रुपमा विचारमा बदलाबहरु आए । मैले यस कवितालाई खासै ‘बाल’ दिइन । त्यस बीचमा प्रकाशित मेरो दोश्रो कविता सङ्ग्रहमा त यो कविता अटाउने कुरै थिएन कारण यसको मूलकपि नै गायब भइसकेको थियो । आज यो कविता अचानक अन्तरसंवाद समूहको संवाद पत्रिका वर्ष १ अङ्क १, २०६३ मा प्रकाशित अवस्थामा भेटियो । मलाई   बर्षौँअघि गाउँबाट लखेटिएको आफ्नो कुकुर विरानो सहरमा भेटेजस्तै भयो।   त्यसैर आफ्नै ‘बारी’को रुखको ठुटामा बाँधीराखेको....मानीदिनोस् त्यही कुकुर हो यो ।}

Thursday, March 28, 2013

हराएकाहरु...

स्व.स्वप्निल स्मृति

बाँचेकाहरु एक एक ठेगानामा छौँ
अजम्बरी दुःखलाई क्षणभङ्गुर सुखले सिङ्गारिरहे छौँ
मरेकाहरु त मरेका मरेकै भए
चिहानघारीका स–साना पेन्डोराहरुमा चुपचाप प्रवेश भए
तर जो गएका थिए
...गएका गएकै भए
अझैसम्म फर्केर आएनन्
...कहाँ गए ?

सुँगुरलाई चारो भनेर
पानी लिन पँधेरा गएका थिए
दुहुनो गाईलाई घाँस भनेर
कम्युनिस्ट झण्डाको हँसिया
पटुकीमा सिउरेर पाखातिर गएका थिए
सोल्टिनीहरुलाई बैना मार्न
फुर्का–काइँयो लिएर ठुटेपसल होस् या हाट–जात्रामा
संसार जित्छु भनेर युद्धमा होस् या
अरु नै खाले स्वप्नको महान् यात्रामा
उनीहरु गएका थिए...

उनीहरुको बाटो
हिँड्दाहिँड्दै जङ्गलपट्टि पस्यो र चढ्यो कि रुख
रुखको टुप्पोमा पुगेर चरा भयो कि उनीहरुको स्वप्न
उसो हो त उधौली/उभौलीमा
घरको निदाल या घर छेउको दूधिलो रुख सम्झेर
आउनुपर्ने हो फर्केर ... ।

उनीहरुको बाटो
चढ्दाचढ्दै हिमाल
चुचुरोमा पुगेर बादलको देशतिर पस्यो कि
त्यसो हो त कुनै ठेगाना नभएको बादलसँगै
आकाश माथि... माथि... कावा खाइरहेका हुन्
तर आमाहरु तुइनमा अड्किरहेका घाटहरु देख्दा त
अवश्य ओर्लनु पर्ने हो ।

उनीहरुको बाटो
पहिल्याउँदा पहिल्याउँदै
अजिङ्गरको मुुखभित्र पस्यो कि
उसो हो त उनीहरुको बाटो
अजिङ्गरको पुच्छरको टुप्पोमा टुङ्गिन्छ
र सारा सम्भावनाहरु समाप्त हुन्छ ।

फूलमाला लगाएर होस् या
विरालोको चाल मारेर मध्यरातमा
...जो गएका थिए
जीउँदै छन् या छैनन् ?
मानिस भगवान् होइन
जन्मेपछि अवश्य मर्छ
यी मानिसहरु हराएर भग्वान भइसके भनुँ त
बा ! अन्त मर्न ठाउँ नपाएर
आफ्नै जन्मगाउँमा मर्नलाई
टेकेर उमेरको लौरो लुखुर लुखुर आइपुग्ने हुन् ?

जो गए
खोला झैँ, अतीत झैँ
यो हावाको समुद्रमा
ठीक अहिले फुत्केर गइरहेको मेरो आवाज झैँ
उनीहरु त्यति निश्ठुर त थिँदै थिएनन्
छातीमा हात राखेर कस्तरी गाउँदथे राष्ट्र गान !
उनीहरु देश बेचेर गएका पनि त होइनन्
कि उल्टै देशले आधा बाटोमै भेट्यो र
बेचिदियो त उनीहरुलाई ?

मलाई त सुसाइरहेको सल्लाघारीमा
उनीहरुकै उच्छवास छ जस्तो लाग्छ
आधा रातमा गुञ्जिने धर्तीको झञ्जवात
उनीहरुकै क्रन्दनजस्तो लाग्छ
बेला बेला आइरहने भूकम्पहरु
उनीहरुको धड्कन जस्तो लाग्छ

बाँचेकाहरु छौँ एक–एक ठेगानामा
मरेकाहरु त मरेका मरेकै भए
तर जो गएका थिए
...गएका गएकै भए

उनीहरु
कहिले छातीमा भिक्टोरिया क्रस लगाएर
कहिले निधारमा हसिया हथौडा झण्डा मोहोरेर
बारम्बार मेरो सपनामा आउँछन् ।


{अघिल्लो हप्ता नागरिक अक्षरमा प्रकाशित, नागरिक अक्षरको पहुँच नभएका पाठकहरुलाई आफ्नै 'बारी'मा

Thursday, February 21, 2013

पहिलो र अन्तिम प्रेमीलाई...

स्व.स्वप्निल स्मृति


तिम्रो र मेरोजस्तै
उहिले उहिले
माइ र तमोरको मायापिरती थ्यो' रे ।

चञ्चले तमोर
छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा
चट्टानमा खोपेछ एक मानिस गहिरो दह
सुटुक्क आफ्नो अनुहार हेर्दा
बुढो हिमाललाई देखेछ
भागेछ लाजले ओरालैओरालो ।

औलमा आइपुगेर पालाम गाउँदै लागेको तेर्सैतेर्सो
चाल पाएछन् पहाडका तरुनीहरुले
धाननाच्नलाई तान्न थालेछन्
तमोरको पालो तरुनी जम्मै सोहोरेर मधेस हिँडेछ ।

चुरेघाँटीमा आइपुग्दा
विहे गरुँ गरुँ भएछ
विरक्तिएर पहरालाई लात्ताले हान्दै सोच्दो रहेछ–
कहिले छुट्दै भङ्गालो कहिले घुम्दै दस फन्का
आफैँले खेला’का तरुनीसँग त के गर्नु हौ विहे ?!

लेकबाट हँस्याङ र फँस्याङ आइपुगेछ फिरन्ते बतास
सुनाएछ चारखोलका दुई मस्त तरुनी
वल्लो गैरो पल्लो गैरो तन्देरी खोज्दै हिँडेको
तमोर खुशीले यस्तरी उफ्रिएछ–
झन्नैले चुरेको उचाइ उछिनेछ ।

पक्कन्दी खेल्दै डाँडैडाँडा
तमोरको चाह लिएर इलाम पुगेछ बतास
छ महिना त आँखै देखेनछ
छ महिनापछि पो मालिङ्गोघारी/अम्लिसोघारीमा
जोगमाइ र देउमाइलाई फेला पारेछ ।

सोधेछ हैरान बतासले ‘राजी कि विराजी ?’
पहाडकी छोरी देउमाइ र जोगमाइ खोजेछन् जोरी
‘राजी भने राजी !’

ल है !
दुई बहिनी नभए नि एक बहिनी त ल्याउने–ल्याउने
शुर गरेछ तमोरले र
छेलो हान्दै त्रिवेणी वरिपरि अलमली बसेछ  !

एक बर्खा–
तमोरलाई भेट्न देउमाइ र माइ
नीलो केशराशी घिसार्दै लागेछन् चुलीको फेदैफेद
खपिनसक्नु डाह भएछ रतुवालाई ..
ढाँटेछ– तमोरको विहे भइसक्यो ।

‘‘हो त हो !’

माइको पालो पानीको मन न हो
रिसले पसेछ दक्खिनैदक्खिन.... ओरालैओरोलो ।

तमोरलाई पनि शत्रुको आँखा लागेछ...

माई त अन्तै फात्चा गई–सर्दुलाई ईश्र्या लागेछ
शीर ढलिहाल्यो तमोरको र
अरुनमा हेलिँदै हेलिँदै कोशीमा बङ्गै हाम्फालेछ ।

पछि...पछि...
मुग्लानमा
तल... तल...
तमोर र माइको हंशमात्र भेट भएछ ।

तिम्रो र मेरोजस्तै
दुरुस्तै..
ठूली !
उहिले उहिले
माइ र तमोरको माया पिरती थ्यो' रे ।