Pageviews

Saturday, April 20, 2013

गीत

स्वप्निल स्मृति

देवतालाई नचल्ने फूल टिपेर शीरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ

फूल; जसको एकै थोपा अत्तरले सागर वीष हुने
देख्दामा त क्या राम्रो सबलाई आहारिस हुने !
छुन पनि नहुने फूल टिपेर शिरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ

फूल; हाँस्दा हिमाल ढल्ने रुँदा सृष्टि प्रलय हुने
मुस्कुरायो मात्र त सृष्टि सुन्दर हुने !
हाँस्न–रुन नहुने फूल टिपेर शीरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ