Pageviews

Thursday, December 31, 2009

जङ्गबहादुरहरु

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ्गबहादुरहरु ।

जङ्गबहादुरहरु
अस्पतालमा मर्छन् एकपटक
बाँचुलाझैँ गर्छन् मृत्यू शैय्याहरु समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरु ।

जङ्गबहादुरहरु
अखबारमा मर्छन् दोश्रोपटक
आयू थपिएझैँ चम्चमाउँछन् पाठकका आँखाहरु ।

जङ्गबहादुरहरु
इतिहासमा मर्छन् अन्तिमपटक
विद्यार्थीहरु पढ्दापढ्दै बन्द गर्छन्
इतिहासको पुस्तक |

तर पनि-
किन जन्मिरहन्छन् अझै नयाँ जङ्गबहादुरहरु ?

No comments:

Post a Comment