स्व.स्वप्निल स्मृति
अलिक पर, धेरै पर, पर-- पर--- नहोस् किन
मानिस बाँचिदिए त आश हुन्छ है
आफूलाई नै मारिदिने आत्माहरु नहोस् किन
जिउँदोहरुलाई त धेरै धेरै माया लाग्छ है
बायाँ मात्र सम्झिए दायाँ चन्द्रमाले बाटो काट्छ है
माया भन्ने चिजलाई, सम्झे एकोहोरो, दिलै फाट्छ है
टुटे पनि ऐनाले त बरु फाल्टै फाल्टै होस्
प्रतिविम्ब देखाउँछ है दुरुस्तै...
माया लाउनु गुमाउनु त्यस्तै त्यस्तै है
आफूमात्र सम्झिए यस्तो एक्लो, एक्लो, एक्लो भइन्छ !
चारैतिर फर्केर हेरे जिन्दगीमा मुस्किल के छ र !
घट्छ बढ्छ चन्द्रमा त औँशी-पूर्ने अनुसार
चाँदनी चाहिँ थो-थोरै चुहिरन्छ है
जीवन जीउनु विताउनु त्यस्तै त्यस्तै है
No comments:
Post a Comment