स्वप्निल स्मृति
देवतालाई नचल्ने फूल टिपेर शिरमा लाएँ
भूल गर्ने भएर नै म मानिस भएँ
फूल; जसको एकै थोपा अत्तरले सागर विष हुन्छ
कोही भन्छन्, ‘छुनुहुन्न’ छोयो कि भाग्य श्रापित हुन्छ
छुनै पनि नहुने फूल छातीमा, मनमा सजाएँ
भूल गर्ने भएर नै म मानिस भएँ
फूल; हाँस्दा हिमाल ढल्छ, रोए हुरी—बतास चल्छ
के—के भन्छन् भन्नेले त, मलाई त यस्तै फूल मन पर्छ
दुनियाँले थुकेको फूल चुमेर खुशी मनाएँ

No comments:
Post a Comment