Pageviews

Sunday, March 31, 2013

वेलायक व्यक्ति

स्व.स्वप्निल स्मृति
हो । हो ।
होइन । होइन ।
होला ! होला !!
हो कि होइन । हो होला
होइन होला । होला !
हो–हल्लामा ?

बिगिरिएँ ।

बीच्चैमा विश्वविद्यालय छोडेँ
र, रक्सी खान थालेँ
छैन अब पत्रु ज्ञानका सुपरमार्केटका
गुणस्तरचिन्ह प्राप्त खोस्टा–पत्र
छैन अब
आफ्नै आधी उमेर झुण्डिमरेको सुर्केनी टाई पनि !
यति छैन छ र नै  हैशियत छैन
कर्ता              खुट्टा
(राज्य)ले            (राष्ट्र)मा
साधन                    मोजा
(नागरिक)            (नागरिक)
चलाउन                    गनाउन
 पाउँ                   पाउँ
दैन                             दैन

                               ले न दे न अ ब र हे न, ठे क् के दा र सँ ग छै न
                छै न सँ ग प नि अ ब के ही र हे न, छै न
पा उँ दै न ले प नि अ ब के ही पा उँ दै न।
    
परम्परा टोकेर गाईको ह्याकुलामा
प्र–छुत औँलाहरुले कोपरेँ कि गीता
त जातलाई जिन्दगी दिइनछु अनुदान
त धर्मलाई जिन्दगी चढाइन त बलि/दान
त राजनीतिलाई जिन्दगी खसाइनन नि ! मत–दान
त सन्तानलाई विमा गरिन है विर्य (दान)–
    म
बिगिरिएँ
लफुङ्गा भएँ

बीच्चैमा अड्डा जान छोडेँ
र रक्सी खान थालेँ
तानेर स्वाँट्ट दु–श्वास सिगरेटको
उफ् !
गरेँ कि प्रक्षेपण सिलिङमा जिन्दगी
पर्याय आर्यघाट एष्ट्रेमा झोसेर
पूरातन जीजीविषा/पूरा–तन ढर्रा/पूरा तन मान्यता
हो, आत्मसमर्पण गरिनछु समाजमा
च्व ! त्वम् शरणनम् गरिनछु व्यवस्थामा
‘म’
शासकी घुँडा मुन्तिर
भइनछु निहुरीमुण्टी
‘न’
आजन्म मृत्युदृण्ड मिल्दछ राज्यमा
झन्नैले आत्मध्वंश चाहिँ गरेछु ।

बीग्रिएँ–

बि ग्रि एँ, भाइहरु सिमेन्टले घर लिपिरहेछन्
                          बिगरिअ‍ेँ साथीहरु श्रीमतिसङ् बजार घुम्न गइरहेछन्
बीग्ग्रिएँ, ठिटाहरु कोणसभामा भाषण गरिरहेछन्
बिगिरिएँ बहिनीहरुले केटा छानी–छानी विहे गरेछन्
बिग्रियेँ, लब्राहरु कम्पुमा भर्ती भएछन्
 िब ग ी र ी ञे, ब् इ ग् र् इ ए न् ........र ...।.....।....(....)
     हइन हऊ !
मजस्ता
जस्तै : मान्छेहरु
कत्त्रा कत्त्रा मान्छे भएछन्
मान्छेका आँखामा नाथे मान्छेहरु
तेत्रा तेत्रा मान्छे भएछन् ?

ओइ !
म पात्रहरुको केही केही केही
केही पनि होइन

‘म’ मात्रै

बि ग् गिरी एँ ।

राम्रो          नराम्रो
सत्य              असत्य
कालो           उज्यालो
बिग्रिनु              सप्रिनु 
       के एस्तो विपरीतार्थकता ?
            के तेस्तो एकार्थकता ?
                      के कस्तो हानथाप ?
                                   के जस्तो तछाड मछाड ?
                                             के कस्तो द्वन्द्व÷प्रति द्वन्द्व ?
                                                मान्दिन, नमान्ने म को ?
                                                 के म प्रश्न मात्र हो ?

थुनेर पिंजडमा घोकाउनु गोपी कृष्ण कौ
भनाउनु, र त्यसरी भनाउनु, बाध्य गराउनु, जसरी पनि भनाउनु, थुन्नु भनाउनु, नभने पखेटा काट्नु, टाउको छिनाल्नु
मार्नु !

आफ्नै स्कुलको विद्यार्थी म
‘एडिक’ म आफ्नै विचारको             
आफ्नै सिद्धान्तको म ‘ट्यापे’                             
‘समलिङ्गी’ आफ्नै ध्रुवको                                              
आफ्नै लिङ्गको ‘हिजडा’                                                        
म स्व. रङ्गको ‘छेपारो’                                                                    
संरचनाहीन म अमिबा                                                                                      
मलाई सुगा हुनु छैन                                               
म  िब ग्र ी एँ.
{नोट : यो कविता २०६२ सालमा लेखिएको हो । जतिखेर म चरम निराशामा थिएँ । बालापनदेखि हुर्काउँदै, ऐना जतिकै जतन गर्दै ल्याएको मेरो प्रेम झ¥यामझुरुम फुटेको बेला थियो । म यति विक्षिप्त थिएँ कि सामाज, परिवार, राज्यजस्ता संस्थाले खडा गरेका बार बन्देज नाघेर सडकमा निस्किएको थिएँ । त्यही समयमा लेखिएको थियो यो कविता । पछि फेरि व्यक्तिगत रुपमा विचारमा बदलाबहरु आए । मैले यस कवितालाई खासै ‘बाल’ दिइन । त्यस बीचमा प्रकाशित मेरो दोश्रो कविता सङ्ग्रहमा त यो कविता अटाउने कुरै थिएन कारण यसको मूलकपि नै गायब भइसकेको थियो । आज यो कविता अचानक अन्तरसंवाद समूहको संवाद पत्रिका वर्ष १ अङ्क १, २०६३ मा प्रकाशित अवस्थामा भेटियो । मलाई   बर्षौँअघि गाउँबाट लखेटिएको आफ्नो कुकुर विरानो सहरमा भेटेजस्तै भयो।   त्यसैर आफ्नै ‘बारी’को रुखको ठुटामा बाँधीराखेको....मानीदिनोस् त्यही कुकुर हो यो ।}

2 comments:

  1. ओहो ! स्वप्निल स्मृति दाइ ! निर्बन्ध कविता अरुण नदी जस्तै ! यो त बेजोड कविता हो , धेरै नौलो प्र-योग पाएँ र लाग्छ यो कविताको बारेमा ! नाकिमा नाकिम सरले अघिल्लो तिन दिन अघि कुरा गर्नु भएको थियो ! साह्रै दुख लागेको छ , दाइको दोस्रो संग्रहमा यो कविता नपरेकोमा ! दाजुभाइको हिसाबकिताब हुने भो अब भेटमा ...

    ReplyDelete
  2. प्रभावकारी Concrete Poem । मन पर्यो। नेपालीको उदाहरण दिनु पर्दा यस्लाई दिन सकिने भइयो।

    ReplyDelete