Pageviews

Wednesday, April 20, 2011

शङ्खेकिरा


म हुँ शङ्खेकिरा…
ढि…लो गरी चिप्लिरहेको…

मेरुदण्डमा भारी जिन्दगी बोकेको छु…
आम्मममम…… कति भारी !
पेदु पेदु भएर…
थिचिएर…िसंगो "युनिभस्र'ले पृथ्वी माथिको अचानोमा
हिँडिरहे छु

तर युनिभस्र त होइन मैले ढाँटेको हो
दुःखको कुम्लो पो हो त्यो मेरो मेरुदण्डमा अडिएको……
सयमुन्द्री छिनाउन माइत गइरहेकी
बूढी लिम्बुनी चेलीको थुन्चे पो हो …
गोलीगठ्ठा भरिएको 'कम्ब्याट ब्याग' हो
युद्धमोर्चामा हाजिर हुन गइरहेको सिपाहीको…
त्यस्तै के के के के हो…

म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
मेरा दमाली फट्येङ्ग्राहरु
जीवनको एथ्लेक्टिक्स उर्फिएर कहाँकहाँ पुगिसके
मेरा दमाली छेपाराहरु
जीवनको राजनीतिमा कति रङ फेरिसके
मेरा दमाली छुचुन्द्राहरु
यही नर्कटघारीमा हुर्किएर के-के भइसके
आफू त सँधै भारीवाल
नर्कटको पातको लम्बाइ ढिलो-ढिलो…
अड्कली-अड्कली नापिरहेछु…

म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
जहाँ जहाँ चिप्लिएको छु
त्यहाँ त्यहाँ छोडेको छु आदिम चिप्लो
त्यही चिप्लोमा चिप्लिएर मभन्दा छिटो भएको हो समय !

3 comments:

  1. Dheraeeeeeeeeeeeeeeeeeeeiiiiiiiiiiiiiii Ramro Kabita!!! Kabi laei Bahaei cha! Swapnil Ji ko kabita ma beglaei swaad huncha...

    ReplyDelete
  2. चिप्लेकीराले छाड़ेको चिप्लोमा चिप्लिएर छिटो भएको समयको वेग नाप्न मन लाग्यो स्वप्निलजी...तपाईंको कवितामा यसरी गाढ़ा गरी विज्ञान फिटिएको देख्ता छक्क परें...बधाइ सुदक्ष सुन्दर कविताको निम्ति...

    ReplyDelete